यस्ता पीडाहरु खेपिरहेका छन् नेपाली नर्सहरुले : मीरा निरौला

2017-10-09 09:46

मानिसलाई दुखेको बखत, चोट लागेको बेला र असहाय भएको अबस्थामा मानिसले नैे सेवा गर्ने प्रचलन त आदिकाल देखी कै हो । आदिकाल देखीनै मानिसहरु आफनो रोग निको भएपछि र तन्दुरुस्त भए पछि भने त्यस्तो सेवा गर्ने पुरुष भएमा सम्मान गर्ने, तर महिला भए चाही हेय दृष्टीले हेर्ने प्रचलन रहिआएको थियो । त्यति मात्र होईन कि महिला सेविकालाइ चै दासी सरह गन्ने मानिसहरुको स्वार्थपुर्ण ब्यबहारको तीतो पक्ष सामाजिक इतिहासमा यद्यपि खाटाझै बसी रहेको छ ।

राज्य निर्माण, सुरक्षा अनि विस्तार गर्ने क्रमसंगै राज्य र शाषकहरुका बीचमा भएका युद्धहरु र त्यसको चोटहरु खप्न बाध्य मानिसहरुको सेवा गर्न भने महिलाहरुले त्यै पनि छोडेनन्््््। त्यसैले महिलालाई दयाको खानी पनि भनियो । दयाको खानी भनेता पनि १८ औ शताव्दी सम्म पनि खास गरि औषधि उपचार गरी सेवा गर्ने, स्वास्थ्य सेवा गर्ने ९ल्गचकष्लन० नर्सिड गर्ने महिलालाई दासीकै श्रेणीमा राखिन्थ्यो । त्यसैले महिलाहरुलाइ स्वास्थ्य सेवा गर्ने काममा समाजले अगाडि बढाउदैनथ्यो । यदि कसैले हिम्मत गरिहाले पनि उनीहरुलाइ हेय दृष्टिले हेरिन्थ्यो ।

यस्तै सामाजिक परिवेशमा गुज्रिएको समाजकाबीच सन् १८२०मा जन्मेकी महिला पm्लोरेन्स नाइटीडलले ९ँयिचभलअभ ल्ष्नजतष्लनबभि० समाजका यिनै चुनौतिका बीच सानै उमेर देखी बिरामिको सेवा गर्न सुरुमात्र गरिनन् की त्यसै समयमा बिकशित हुदै गएको आधुनिक चिकित्सा प्रणाली अन्तर्गत खुलेको अस्पतालमै गई २० वर्षकै उमेरमा बिरामीको सेवा गर्ने काम गरीन । यसरी उनले त्यस समयको सामाजिक परिवेशलाइ चुनौति नै दिइन् । अझ उनले सन १८५४ मा भएको कृमियाको युद्धमा घाईते भएका सैनिकहरुको दिनमा मात्र सेवा नगरी टुकी बालेर अहोरात्रसमेत सेवा गरेर नर्स भनेको सेवाकै प्रतिमुर्ति भएको प्रमाणित गरिदिइन् । त्यसैले दुनियाले उनलाई उनले पुरयाएको नर्सिड सेवाकै कारण लेडी विथ द ल्याम्प ९ीबमथ धष्तज तजभ बिmउ० को उपमाले विभुषित गरो । त्यस पछि भने चै यो पेशामा लाग्नेहरुलाई उनकै प्रतिछायाको रुपमा हेरीन थालीयो । समाजमा यो काम गर्नेलाइ सम्मान जनक रुपमा हेर्न थालियो । उनले अझ अगाडि बढेर महिलाले विरामीको सेवा गर्ने काम ९ल्गचकष्लन० नर्सिडलाइ आधुनिक चिकित्शा सेवा क्षेत्रको छुटटै सेवा क्षेत्रका रुपमा अगाडि बढाईन । यो सेवा नर्सिड पेशाकै रुपमा स्थापित हुन पुग्यो । उनले नर्सलाई, चिकित्सकको सहयोगी नभएर चिकित्सक भन्दा फरक तर संगसंगै कार्य गर्नु पर्ने र चिकित्सा प्रणालीकै अनिवार्य विधाको रुपमा पनि अगाडि बढाईन् । आज आएर यो सेवा चिकित्सा पेशाको एक अभिन्न र बिशिष्ट विधा भएको छ र यो पेशा सम्मानित हुन पुगेको छ । यो पेशाको शिक्षा हासिल गरेकाहरु कतिपय राज्यमा महडगा मात्र होईनकी खोजेर नपाईने श्र्रेणीमै गनिन पुगेका छन्( नर्सहरु ।

यसरी फलोरेन्स नाइटेडगेलले अगाडि बढाएको यो मानवीय चिकित्साको एक फरक र आबश्यक नर्सिड विधाले मानव जीवनमा पारेको प्रभावलाई संझदै मे १२ अर्थात् उनि जन्मेको दिनलाई विश्वले नर्सिग दिवशको रुपमै मनाउन थाल्यो, मनाई रहेको छ । कतिपय राष्ट्रमा त साप्ताहिक रुपमै मनाउने गरिएको छ ।

पश्चिम विश्वको उन्नतिलाई तौली तौली अपनाउने पुर्वका पुरातनबादीको महिला सेवा प्रतिको दृष्टिकोण झन् कहा फरक हुन्थ्यो र ? झन नेपाली रुढीवादी समाजले त मर्ने बेला भएकोे बेलामा चै बांच्नका लागी जो संग पनि गुहार माग्ने तर तंग्रिए पछि भने छानी, छानी विभेद गर्ने प्रथा धान्दै आएको थियो । त्यसैले यहा पनि नर्सिग पेशा शुरु हुनै गारो थियो । बिक्रम संवत १९४७ मा नेपालका शाषक वीरशमसेरले भारतको सहयोगमा वीर अस्पताल खोले पछि भारतबाट चिकित्सक संगै नर्स पनि नेपालमा आए । त्यस पछि नै यो पेसाले नेपालमा प्रवेश पायो । त्यस पछिमात्रै नेपालमा यो पेशा अपनाउन नेपालीनै हुनु पर्ने आबश्यक ठानियो ।

त्यस समयमा नेपाली समाजमा पनि कसैले पनि आप्mना छोरी बुहारी यो पेशामा पठाउनु भनेको समाजमा तिरस्कृत हुनु हो भन्ने सोचले जरा गाडेकै थियो र कोही पनि यो पेशामा आउन तयार थिएननु । अझ नेपाली समाजत… छोरी बिग्रिए नर्स भन्ने उखानै जपेर बसेको थियो । आदेशकै भरमा जात छुटटयाउने मात्र होईन मृत्यूदण्ड समेत दिने राणा शाशकको आदेश पनि उल्लघन गर्न सक्ने आंट यदि नेपालमा कोही गर्थे भने छोरी बुहारी नर्स बनाउ भन्ने आदेशको उल्लंघन नैै थियो । त्यसैले राणाले भारतबाट नर्स मगाउनु परो । जुन त्यस समयमा भारतमा पनि पाउन गारो थियो ।

तर साहसीक महिलाको कमी त नेपालमा पनि कहा थियो र ? सात सालको क्रान्तिमै पनि होमिएका नेपाली महिलाहरु नर्सिंग पेशाको आबश्यकता पुरा गर्न नतम्सिने कुरै भएन । सन् १९५२ मा उमा देवी दास र रुक्मणी चरण श्रेष्ठ हानिनु भयो भारत तर्फ र नर्सिग पढेर लेखीनु भयो पहिला नेपाली नर्स बन्ने भन्ने नेपालको इतिहासको पानामा । डा .उमा देवी दासले त पछि पि एच डि समेत गरिसक्नु भएको छ ।

समाजमा तत्कालीन समाजीक सोच नाघेर अघि हिडुने धेरै कहा हुन्छन र? त्यस पछि पनि कसैको यस पेशामा खासै चासो र आकर्षण रहेन । यस पेशा र शिक्षा प्रति सम्मानपुणर््ा दृष्टि रहेन । समाजको यो कुदृष्टि तोडुदै जनतालाई सम्मानित पेशा हो भन्ने बुझाउन तत्कालीन समयकी समाजकी सम्मानित शाषककी मात्र नभै राजाकी बहिनी, राजकुमारी पे्रक्षा शाहनै अगाडि बढनुु परो । उहाले नर्स तालीम लिएर नर्स बनी दिन ुभयो । राजकुमारी नै नर्स बने पछि भने नेपालमा नर्स प्रति विस्तारै सकारात्मक सोचको विकास भयो । सरकारले पनि नर्सिड स्कुलहरु स्थापना गरेर छात्रबृति सहित अनमी र स्टाफ नर्स पढाउन सुरु गरो । बर्षेनी यस विषय पढने संख्या बढाउदै लगियो । तै पनि यो शिक्षा खासै प्राथमिकतामा पर्दैनथ्यो ।

०४६ सालको परिबर्तन पछि उदाएको उधारीकरण र शैक्षिक जागरण अनि नेपालको गैर सरकारी क्षेत्रमा खोलीएका अस्पतालमा मात्र नभएर युरोपमा समेत यसको माग बढेपछि नर्सिड शिक्षा र पेशामा ह्वात्तै भीड बढयो । अहिले नेपालमा यसको माग मात्र बढेको छैन उत्पादनको होडनै चलेको छ । पहिलेको जस्तो हेय पेशाको पिडाबाट यो पेशा मुक्त त भएको छ । सम्मानित पेशा बनेको छ । ईतिहासमा सामाजिक बहिस्कारको पिडा जस्तो त छैन तर पेशाकर्मिहरु बढेसंगै यस पेशामा संलग्न हुनेहरुको पिडाहरु पनि बढीरहेका छन् ।

पिडाको पहिलो कारक त सरकारनै रहेको छ । जनताको आधारभूत अधिकारको रुपमा रहेको स्वास्थ्य सेवाको स्तरिय नर्सिड.सेवा जनतालाइ पुरयाउन सरकार चासो दिइरहेको छैन । त्यसैले अन्य सेवाको तुलनामा यस सेवाको क्षेत्रमा पढाई अनुरुप नया दरबन्दि थप्ने पुरानालाइ बढुवा र स्तर बृद्धिको ब्यबस्था गर्ने काम सरकारले गरीरहेको छैन । त्यसैले नर्सिग क्षेत्रमा भने उच्च शिक्षा हासील गरे पनि लोक सेवा आबश्यक संख्यामा नखुलाई दिएका कारण उच्च शिक्षा प्राप्त गर्नेले पनि प्रमाण पत्र तहकै सरह काम गर्नु परिरहेकोछ ।

विश्व स्वास्थ्य संगठनको माप दण्ड अनुरुपको ८ साधारण बिरामि बराबर एक नर्स राख्नु पर्ने प्राबधान सरकारले नै वास्ता नगरी सरकारी अस्पतालमै पनि एक जनाले ४० जना सम्म बिरामी हेर्न बाध्य हुनु परेको छ । फल स्वरुप सेवा गर्ने बोझ धान्न नसकि हुने ब्यबहारिक परिबर्तनले नर्संहरुले छुच्चि नर्स को समेत आरोप खेप्नु परेको छ । त्यसैले कतिले त आफनो देशको माटोकोे बास्ना र सगरमाथाको मुहार त्याग्दै बाध्य भएर स्वर्ग जस्तो देश छोडी बिदेशीनु पनि परेको छ । विदेशिएका छनु । विदेशिने क्रममा छन् ।
बिदेशमा पनि त्यहाका मानिसको बुद्धिले नभ्याएर नेपालीलाई बोलाउने, माग गर्ने गरेको भन्ने भ्रम यदि कसैले पालेको छ भने त्यो पनि सर्बथा झुटा हो । अझै पनि त्यहाका हुनेखानेहरु यो पेशामा आउन नचाहेर नै नेपाली र विदेशीको माग रहेको होे । तर पनि विदेशीएका नेपालीको विदेशमा भने कमै मात्रामा श्रम ठगिने पेशा चै हो यो ।

अर्को तर्फ नेपालको नीजी क्षेत्रमा सेवा गर्ने भनेर पढाउन भनी खोलीएका कलेजमा पनि नर्स नै पहिले शोषणको शिकार छन भन्दा जो कोहीले नपत्याउन सक्छन । तर यो यर्थात हो । नर्सिड. पढाउने कलेजले पहिलेत सरकारी मापदण्ड बिपरित शुल्क लिन्छन । त्यसमा पनि सरकारको अनुगमन छैन । घरबार बेचेर पढे पछि पनि सोही अनुरुप काम पाउन पढेकाहरुले सकिरहेका छैनन् ।
ब्यबसायिक रुपमा खुलेका अस्पताल, नर्सिग होम र कतिपय स्वास्थ संस्थामा त कारखानामा लागु गरिएको मजदूरको न्यूनतम ज्याला भन्दा पनि कम तलवमा नर्सहरु काम गर्न बाध्य छन । यस क्षेत्रको नत छुटटै न्यूनतम ज्याला तोकिएको नै छ ।

२०१८ सालमा सबै नर्सहरुको साझा र सामाजिक एवं गैर राजनैतिक संस्थाको रुपमा स्थापित र सुरु सुरुमा प्राय सबै आजीबन सदस्य रहने गरेको नेपाल नर्सिग संघले पनि यि समस्याहरुको समाधानका लागि एवं नर्सहरुको हक हितको लागि पनि खासै पहल गर्न नसकीरहेको आम नर्सहरुको गुनासो छ । त्यसैले हालसम्म नेपाल नर्सिड काउन्शिलमा दर्ता हुनेको संख्या ६० हजार जति पुगी सकेता पनि यस संघमा भने करिव १० हजार जति मात्रले सदस्यता लिनुले पनि संघप्रति नर्सहरुको खासै चासो नभएको पुष्टि हुन्छ ।

नर्सिड काउन्शिलका लागि नर्सिड. संघका अध्यक्ष पदेन सदस्य र अन्य ३ सदस्यहरुको निर्बाचन यसका सदस्यहरुले गर्ने प्रावधान रहेको छ । नर्सिड काउन्शिलले नै नर्संहरुका सम्बन्धमा सरकारी र गैर सरकारी क्षेत्रमा अनुगमन र स्वयं नर्सलाइ नै पनि कारबाही गर्ने भएकाले यसको महत्व सबैले बुझनु र बुझाउन जरुरी छ । सबै नर्सहरुले यस नेपाल नर्सिग संघकै माध्यमबाट नर्सहरुको पिडा र समस्याहरुलाइ समाधान गर्न एक जुट हुन सदस्य हुन जरुरी छ ।

प्रत्येक बर्ष एक एक नया नाराका साथ मे १२ तारीखमा मनाईने नर्सिग दिवश यस बर्ष द्दण्ज्ञट मा ल्गचकभकस् ँयचअभ ायच ऋजबलनभस् क्ष्mउचयखष्लन जभबतिज कथकतझकु चभकष्ष्भिलअभ। अर्थात नर्सहरु स् विपत्तिको सामना संगै त्यसको समाधान गर्दै स्वास्थ्य सेवा प्रणालीको पुन सुधार र क्षमता बृद्धिकालागि दवाव देउ भन्ने नाराका साथ मनाउन अन्तराष्ट्रिय नर्सिड संघ ९क्ष्लतभचलबतष्यलब िऋयगलअष् िया ल्गचकष्लन० को आह्वान छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत ज्यान दिएर योगदान गरेका बिरामीहरुको सेवा गर्ने नेपाली नर्सहरुका आफैमा पिडा र चोटहरुका खाल्टा खुल्टीहरु भने नपुरीने गरि पर्दै र बढ्दै गएको अबस्था प्रति सबैको चेत बेलैमा खुल्नु जरुरी छ । मीरा निरौला, महिला उपाध्यक्ष, नेपाल स्वास्थ्यकर्मि संघ

    Comment Here!


सम्बन्धित समाचार