“टु एण्ड द लभ” {सत्य प्रेम कहानीमा आधारित}

शिषिर आचार्य
2017-10-07 21:20

भाग १
शिषिर आचार्य/ “बैशाख १२ गतेको भुकम्प जादा गोङगबु स्थित प्रहरि चौकिको चौकि इन्चार्जमा खटिएको १६ दिन भएको थियो…काठमाडौंको सबै भन्दा बढि प्रभावित क्षत्र बनेको गोङगबुमा स्थिति नियन्त्रण बाहिर पुगेको थियो.. कयौ संख्यामा लडेका घरहरु र त्यहि भित्र पुरिएका कति मानिसको मृत्यु भइसकेको थियो भने कति मानिस जिवितै पुरिएका थिए..म चौकिमा २ जना पुलिसलाइ मात्र छोडेर..बाकि २१ जनाको टोलि सहित एक्सनको लागि निस्किए..भुकम्पको ससाना पराकम्पन अझै पनि महसुस हुदै थियो…हाम्रो टोलि गोङ्गबुको शान्ति टोलमा रेस्क्युको लागि पुग्यो..रेड क्रस, नेपाल सेना, ससस्त्र प्रहरि बल र अन्य संस्था बाट पनि टोलि आउने क्रम जारि थियो..पुरिएका लाश निकाल्ने र जिबितको पहिचान गरि रेस्क्यु गर्ने क्रम जारि थियो । त्याहा भएका सबै जसो मान्छे आफुबाट गर्न सकिने सहयोग गरिनै रहेका थिए ।


उद्धारको काम राति ८ बजे सम्म चलिनै रह्यो..शान्ति चोककै एउटा २ तला जति भासिएको घरमा ड्रिलिङको का म सुरु गरियो…प्वाल बनाएर भित्र जादा कोहि जिवित भएको पाइएन…कोहि अझै पनि पिल्लरले थिचिएकै अबस्थामा म्रित थिए..काहालि लाग्दो र दर्दनाक अबस्था थियो..लाशहरु निकाल्ने क्रम सुरु गरियो…निकाल्ने क्रममा..एउटा २१/२२ बर्षको युवकको लाशसंगै बाट एउटा “डायरि” भेटियो..म मा अति नै कोतुहल्ता बढ्यो..त्यो डायरिबाट मैले उसको नाम हेरे “अभि”..अरु डिटेल पनि लिएर लाश संगै ट्याग गरियो..

भुकम्पको एक हप्ता पछि चौकिबाट घर जाने क्रममा ब्याग प्याक गर्दा त्यो “डायरि” पनि पाए..अरु फायल संगै मिसिएर आएको रहेछ..भित्रै बाट कौतुहल जागे पछि मैले घर गएर त्यो खाटमा अडेस लागेर डायरि खोलेर पढ्न थाले..डायरि निकै मोटो थियो र अन्तिम पेज सम्म नै भरिएको थियो..त्यहि युबकको पर्सनल कुरा लेखिएको कथा जस्तो थियो…
डायरि यसरि बोल्थ्यो………………..

    Comment Here!


सम्बन्धित समाचार