गजल -सुरेश पाण्डेय

2017-10-07 10:42

मुटू मै राख्दाँ पनि तिम्लाई पाउन सकिएन !!
खुशी अनि तिम्रो बिदाईमा आउन सकिएन !!

जब आयो तिम्रो बिहेको निमन्त्रणा कार्ड !!
थर्कियो शरीर हातमा कार्ड समाउन सकिएन

बेहोसी तालमा लड्दालड्दै अँध्यारो रातमा !!
आएर तिम्रो घरमा प्रेम गित गाउन सकिएन !!

गयौ हास्दै रमाउदै उपहारमा केही नहुदा मेरो
गरिबीले दिनदिनै तिम्रो पछि धाउन सकिएन !

मुटुमा ठुलो चोट आखामा पिडा भय पछी !!
के लाग्थ्यो संसारमा जिवन बचाउन सकिएन

 

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर

    Comment Here!


सम्बन्धित समाचार