देउवाको धम्किपछि बालुवाटार पुगे प्रचण्ड, झण्डै खुस्कियो देउवाको जागिर

2017-10-07 10:07

काठमाडौं, असोज २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छोड्न धम्कि पुगेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति बालुवाटार पुगेका छन् । उनी त्यहाँ पुगेर झण्डै डेढ घण्टा भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा शुक्रबार बेलुका भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । विश्वस्त स्रोतका अनुसार भेटवार्तामा देउवा प्रचण्डबीच चर्काचर्की भएको थियो । बाटो गलत गएको भन्दै देउवाले प्रचण्डलाई गालीगलौज शैली अपनाएपछि प्रचण्डले सरकार नै छोडिदिने धम्कि दिएका थिए । पछि देउवा नै शान्त बन्दै चुनावसम्म सँगै जाने भन्दै परिस्थिती नियन्त्रणमा लिएका थिए ।

भेटमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेपछिको परिस्थिति तथा आसन्न संघ र प्रदेशको चुनावको तयारीका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । नेकपा एमाले र माओवादी केन्द्रबिचको वामपन्थी गठबन्धनका विषयमा मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल गरेर जान वाम गठबन्धन बनाउने तथा पार्टी एकता अगाडि बढाउने सहमति भएको थियो ।  त्यसलगत्तै बुधबार नेपाली कांग्रेस, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरमबीच लोकतान्त्रिक गठबन्धन बनाउने सहमतिपछि राजनीतिक वृत्त दुई ध्रुवमा विभाजन भएको छ ।

    Comment Here!


सम्बन्धित समाचार