भर्खरै मुक्तिनाथका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्युबरण गर्नेको सनाखत भयो {नामावली सहित}

2017-10-03 19:49

काठमाडौ । मुक्तिनाथ दर्शन गरेर फर्किएको यात्रुबाहक बस दुर्घटना भएको छ । म्याग्दीको बाह्र गाँउ मुक्तिक्षेत्र कागबेनीमा यात्रुबाहक बस दुर्घटना भएको हो । बस दुर्घटनाहुँदा चालक सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवारी १९ जना घाईते छ । अधिकांशको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ग १ ख ५५२९ नम्बरको बस बाह्रगाउँमुक्ति क्षेत्र वडानम्बर ४ कागबेनीमा मंगलबार साँझ पाँच बजेतिर दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मोरङको विराटनगर ८ का गणेश सुवेदी, काठमाडौंको कीर्तिपुर नगरपालिका १२ की शर्मिला दुलाल र बस चालक बाग्लुङका खिमबहादुर बुढाको मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

    Comment Here!


सम्बन्धित समाचार