प्रधानमन्त्री देउवाले भने, आंशिक प्राध्यापकका माग सम्बोधन गर्न सकारात्मक छु

2017-09-13 17:50

जनकपुर । प्रधानमन्त्री शेर बहादुर देउवाले आङ्शिक प्राध्यापकका माग सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । प्रजातन्त्र्बादी प्राध्यापक सङघका अध्यक्ष जगत तिमिल्सिना तथा आङ्शिक प्राध्यापक सङ्ग जनकपुरमा भेट गर्दै प्रधानमन्त्री देउवाले तृबिका आङ्शिक प्राध्यापकका समस्या सम्बोधन गर्न सिक्षा मन्त्री र अर्थ मन्त्रीलाई निर्देशन दिएको जानकारी गराएका हुन् ।

बर्षौदेखि आङ्शिक रुपमा पढाइ रहेका प्राध्यापकलाई करार गर्नुपर्ने माग जायज रहेकाले आङ्शिक प्राध्यापकका माग सुनुवाई हुनु पर्ने कुरा आफुले प्रधानमन्त्री देउवा समक्ष राखेको प्रजातन्त्रबादी प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए ।

जनकपुर सहित प्रदेश नम्बर दुइका आङ्शिक प्राध्यापकले अनसन बसेको दुई महुना पुग्न लाग्दा पनि आफुहरुका माग सुनुवाई नभएकाले अब अझै कडा आन्दोलनको तयारी गरिरहेको जानकारी गराएका थिए ।

    Comment Here!


सम्बन्धित समाचार