गायिका सरु गौतमले हात पारिन् उत्कृष्ट अवार्ड

2017-09-12 21:00

काठमाडौं । गायिका सरु गौतमले उत्कृष्ट अवार्ड हात परेकी छन् । ओएस नेपालले हालै राजधानीमा आयोजना गरेको ‘ओएस नेपाल म्युजिक अवार्ड २०७४’मा उनले आधुनिक गायिका तर्फ उत्कृष्ट अवार्ड हात पारेकी हुन् । आफ्नै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको ‘के यो माया हो’ बोलको गीतबाट उनी अवार्डको हकदार बनेकी हुन् ।

बिभिन्न सांगीतिक कार्यक्रमको सिलसिलामा देश तथा बिदेशसम्मको यात्रा गरिसकेकी उनी अवार्डले गायनमा अझ राम्रो गीत संगीत श्रृजना गर्न हौसला मिलेको बताउँछिन् । केही बर्ष पहिले ‘अपार माया हाम्रो कहिले टुट्दैन’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी गायिका गौतमका ‘साईला मेरो साईला, तिम्रो र मेरो सम्बन्ध छुटयो’ जस्ता गीत चर्चित छन् ।

    Comment Here!


सम्बन्धित समाचार