आफ्नै भाईलाई जन्माउने १२ वर्षीया बालिका

2017-09-12 11:55

एजेन्सी । एकजना १२ वर्षीया बालिकाले आफ्नो भाइलार्इ जन्मिनका लागि सहयोग गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यी बालिकाको नाम जेसी ढेल्लापेना हो । जब उनकी आमालार्इ प्रसुती व्यथाले च्याप्यो तब उनी पनि मिसिसिप्पीको अस्पतालकाा डाक्टरसँग आफ्नी आमालार्इ सघाउन पुगिन् । निक्की स्मिथले यो घटनाबारेको तस्बिर आफ्नो फेसबुक पेजमा सेयर गरेकी छन् । यो फोटो पछिल्लो ५ दिनमा करिब ३ लाख पटक शेयर भइसकेको छ ।

फोटोमा यी बालिकाले चिकित्सकले लाउने पोशाक नै लगाएकी छन् भने उनको हातमा ग्लोव्स पनि देख्न सकिन्छ । चिकित्सकको पोशाक र ग्लोब्स लगाएकी उनले डाक्टरसँग मिलेर आमालार्इ सुत्केरी हुन सघाइन् । यस क्रममा यी बालिकाको अनुहार भावुक देखिएको थियो । अन्त्यमा उनले आफ्नी आमालाको काखमा भाइलार्इ थमाउन सफल भइन् । धेरै मानिसहरूले उनलार्इ सुपरस्टारको संज्ञा पनि दिएका छन्। यी बालिकाले गरेको यो कामको समाचार अहिले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा पनि चर्चाको विषय बनेको छ । मानिसहरूले उनलार्इ सामाजिक सञ्जालमा धेरै बहादुर बालिकाको संज्ञा पनि दिएका छन् ।

Nikki Smith

about 2 weeks ago
Meet Jacee! This 12 year old helped deliver her baby brother and the emotions on her face is too amazing not to share! You’re a superstar jacee!

ZackNdede Carraway congratulations!

Ellen DeGeneres check out this 12 year old!

    Comment Here!


सम्बन्धित समाचार