१८ वर्षपछिको राशि परिवर्तनले यस्ता व्यक्तिको भाग्य चम्किदैछ

2017-09-10 09:58

एजेन्सी । १८ वर्ष पछि भदौ १ गते राति ९ बजेर ३६ मिनेट जाँदा राहु, केतुले राशि परिवर्तन गरेर कर्कट र मकर राशिमा प्रवेश गरेको छ । यी दूईवटै गृहको राशि परिवर्तनले कर्कट र मकर राशि भएका व्यक्ति प्रभावित हुनेछन् । राहु, केतुले राशि परिवर्तन गर्दा सिंह र कुम्भ राशि भएका व्यक्तिलाई लाभ हुने देखिन्छ । यी दुईवटै गृह यी राशिमा २२ फागुन २०७५ सम्म रहनेछन् ।

ज्योतिषीका अनुसार भदौ १ गते भाद्र कृष्ण दशमी मृगशिरा नक्षत्रमा राहु र केतु राशि परिवर्तन गरेका हुन् । राहु कर्कट र केतु मकर राशिमा प्रवेश गरेका छन् । कर्कट राशिको स्वामी चन्द्रमा मानिन्छ भने मकर राशिको स्वामी शनिलाई मानिन्छ । राहु र केतु एक राशिमा १८ महिनासम्म रहन्छन् । त्यसपछि दोस्रो राशिमा प्रवेश गर्छन् । १२ राशि परिवर्तन गर्नमा यी दुई गृहलाई पूरा १८ वर्ष लाग्छन् । यी दुईवटै गृह सधैं उल्टा चल्छन् । राहु र केतु सधैं एक–दोस्रोको विपरित १८० डिग्रीको कोणमा रहन्छन् ।

    Comment Here!


सम्बन्धित समाचार