रुपकी रानी रुपा (मनोवाद यौन कथा)

2017-09-09 12:41

मनोविश्लेषणात्मक कथा -बुद्ध चेम्जोंग /
विमलकुमार, यस्तै करिब ३५ वर्षको विवाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाइरहेको छ । उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभावको मान्छे भनेर चिनिएको छ । सधैं अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गाली र अफिस कै साथीहरूले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिलेकाहीं । एकतिर कामको टेन्सन त्यो माथिसँगै काम गर्ने साथीहरूले इर्श्याले गर्दा झन नराम्रो अनुभव गर्छ विमलकुमारले । उसको श्रीमती घरमा नै बस्छे । यस्तै ऊभन्दा २ वर्ष कान्छी होलिन् श्रीमान भन्दा, तरुनी उमेरमा निकै राम्री थिइन । तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दीनन् । एउटा छोरालाई हेरविचार अनि स्कुल पठाउने अनि घरको सबै कामहरू तिनी सम्हाल्छिन ।

विमलकुमार आज अलि थाकेको महसुस गर्दै ५ बजेतिर घर फर्कियो । घरमा श्रीमती छोरा साझको तरकारी किन्न तलतिरको अलि टाढा पसलमा गएका रहेछन । ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ । कामको बोझले थाकेकोले होला केही बेर सोफामा शरीर छोडी दिन्छ ।

विमलकुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासँग न्युरोडतिर हिड्दैछ । रुपा १२ क्लासमा पढ्दै छे, तिनी गोरी अनि निकै राम्री छे साथै पढाईमा पनि ठिक ठिकै छे । रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरूलाई आकर्षित गर्न सक्ने खाल कि केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ । जो कोही पनि एक पटक रुपासँग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ ।

विमलकुमार र रुपा न्युरोड कै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे । घरीघरी बोल्ने हाँस्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा स्पष्ट देखिने गर्छ, यो बेला विमलकुमार केही अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ । रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउदा देखि नै विमलकुमारले घरि घरि घुडा माथिको मुलायम तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन ।

विमल दाइ “मलाई के खुवाउने आज?” त्यसै त विद्यार्थी जीवन, सधैं पैसाको खाचो, रुपा आज खुशी छे । त्यही माथि अफिस गर्ने विमल दाइले रेस्टुराँमा खुवाउन लगेपछि ।”अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न” विमलकुमार रुपालाई आस्वस्त पार्दै भन्छ । ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा । सायद उसको युवा उमेरमा यस्तो अनुभव लिन पाएन होला त्यसैले । हुन पनि त्यो बेला विमलकुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी संगी त्यस्ता थिएनन र वातावरण नै बनेन । अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन विमलकुमारको लागि ।

रुपाले बफ म:म अनि एउटा कोक अर्डर गरी र विमलले थुक्पा साथै कोक नै अर्डर गरे ।

“अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ ?” कुराकानीलाई अगाडि बढाउने क्रममा विमलले सोध्यो ।

“के हुनु दाइ, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन ।”

हुन पनि त्यो १८ वर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई । फेरि तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले ।

“हेर! रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केही सुख पाउनलाई दु:ख त हुन्छ नै शुरुमा, आतिनु हुदैन है” भन्दै सम्झाउन खोज्छ ।

“आ विमल दाइ पनि, म कहा आतिएको छु र …के गर्नु आफूलाई यहा साथीहरूसँग हिड्न पनि अप्ठ्यारो हुन्छ, साथीहरू हरेक महिना नयाँ लुगा लगाउछन, आफू भने यस्तै हो, भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि” ।

एकै पटकमा त्यो लामो कुरा गरी रुपाले, त्यतिकै बेला कोक ल्याई दिए साहुजीले । विमलकुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि ।

रेस्टुराँमा टेबल अनि कुर्सी सागुरो थियो, रुपाले त्यहा कुर्सीमा गोडा अलिकति फाटेर बसेकी थिइन् । अचानक विमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो ।फेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाइको नाताले अप्ठ्यारो थियो । तापनि छोरा मान्छे न हो त्यसै पुरुष वर्गमा नै पर्यो विमलकुमार, संसारमा यौनमा कोही पनि प्राणी अछुतो छैनन् ।यही बीचमा म:म र थुक्पा पनि ल्याई दिए साहुजीले, अँझै पुगेन भने फेरि पनि मगाउ है भन्दै विमलकुमारले खान शुरु गरे ।

थुक्पा खादै पनि विमलकुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो । हुन पनि रुपाको नितम्ब निकै ठाडो ठाडो थियो र त्यो लगाएको शर्टमा प्रष्ट देखिन्थ्यो ।यो उमेरमा अहिलेका टिन एजका केटीहरू पनि केटाहरू आफूतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाई सर्बविदित नै छ ।यसमा रुपा पनि के कम, राम्री देखिनु अनि केटाहरूले हाइ सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई । बाहिर रिसाए जस्तो गरे पनि केटाहरूले सेक्सीभन्दा खेरि, कति केटीहरू भित्र मन मनमा खुशी भएको आभास पाइन्छ नै । विमलकुमार पनि के कम, रुपासँग कुनै नजिकको नाता सम्बन्ध थिएन । यदि रुपाले चाहेमा उनीहरू बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुदैनथ्यो ।तर ऊ विवाहित अनि ५ वर्षे छोराको बाउ थियो । आज किन किन ऊ रुपालाई पाएर खुब रमाइरहेको छ । मानौ भर्खर उमेर कि रुपालाई पाएर अर्कै संसारमा विमलकुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर माया प्रीति गाँस्दै छ रुपासँग ।

अनि दुवै जनाले म:म अनि थुक्पा खाइसके विमलकुमारले भन्यो “रुपा आज जय नेपाल हलमा रोमान्टिक हिरो शाहरूख खानको “दिल तो पागल हाइ” चलिरहेको छ, हेर्न जाने हो?” रुपाले यसो टाउको कन्याएर भनिन् ” विमल दाइ मसँग पैसा नै छैन अनि” ।”रुपा तिमी चिन्ता नगर, म तिरी हाल्छु नि” भन्दै विमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाइले भनेपछि म त तयार छु रुपा फुरुंग भइन् ।दुवै जना न्युरोड रेस्टुराँबाट निक्लेर विमलकुमारको मोटर साइकलमा जय नेपाल सिनेमा हलमा आई पुगे ।अनि बाल्कोनीको टिकेट काटेर दुवै जना भित्र पसे, फिलिम शुरु हुन लागेको थियो । रुपा विमलकुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे ।

फिलिम शुरु भयो, शाहरूख खान देखेपछि त्यसै त रुपा उसको फ्यान झन खुशी भइन् । हलभित्र अँध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा विमलकुमारसँग कुम जुधाएर बसिन् ।आखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि ।विमलकुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपा माथि । रुपा अलि तरंगित भइन्, सायद पुरुषत्वको स्पर्श नै यस्तै हो ।
बिस्तारै फिलिम हेर्ने क्रममा विमलकुमारले रुपाको हात समाते । अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला ।अब विमलकुमारको आट आयो, रुपाले केही नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाँध्यो । अनि उसले भन्यो, “आइ लभ यु रुपा, आइ लभ यु सो मच।”

केरे कसलाई आइ लभ यु हरे…..पागल भयौ कि क्या हो भन्दै विमलकुमारलाई झकझाकाइन् उसकी श्रीमतीले । विमलकुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निद्रामा बर्बाराएका रहेछन्, उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आइपुगेका रहेछन् । धत्! क्या मिठो सपना भताभुंग भयो, हाँस्दै विमलकुमार अफिसको पोशाक फुकाल्न थाले । मझेरी डटकमबाट

लेखक: बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
अक्टोबर २००९

    Comment Here!


सम्बन्धित समाचार