वीर्यदान (वीर्य-प्रक्षेपण) -मुक्तिनाथ घिमिरे “पथिक”

2017-09-09 12:04

मुक्तिनाथ घिमिरे “पथिक”/

आगो छैन कतै धुवाँ छ फिजिँदो पोल्दैछ आँखाहरू
जोगाऔँ कसरी छ चिन्तन सधैँ ‘स्वाधीनता आबरू’
न्यानो पूर्ण प्रकाशका किरणमा निश्चिन्त बस्ने जन
देऊ वीर्य मलाइ कान्तपनको छोरा हुने सज्जन । 

मेचीमा जलको प्रवाह धमिलो काली उही बाग्मती
बस्तीमा रणअन्ध बन्धुहरूकै के हेर्नु त्यो दुर्गति
बल्दो चेतनदीप बल्छ जहिले आलोक आलोडन
देऊ वीर्य मलाइ बुद्धपनको छोरा हुने सज्जन ।

    Comment Here!


सम्बन्धित समाचार